Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेन र फर्स्ट लेडी जिल बाइडेन चढेको गाडी एक कार संग ठोक्किएको छ । आइतवार (डिसेम्बर १७) मा बाइडेन आफ्नी डेलावेयर राज्यमा एक कार्यक्रम सकेर फर्किँदै गर्दा उक्त दुर्घटना भएको हो । यद्यपि एपी रिपोर्टका अनुसार दुवैलाई कुनै क्षति भने भएको छैन।

अमेरिकी सिक्रेट सर्भिसका गाडीहरू वरपर हुँदा पनि बाइडेन सवार कार दुर्घटनामा परेको हो । त्यसपछि अमेरिकी राष्ट्रपति जो बाइडेनको सेक्रेट सर्भिसका व्यक्तिले कारलाई हतियारसहित घेरेर चालकलाई हात उठाउन निर्देशन दिएका थिए । यसैबीच, बाइडेनलाई अर्को गाडीमा लगियो, जहाँ उनकी श्रीमती पहिले नै बसिरहेकी थिइन्।

सार्वजनिक भएका भिडियोहरूमा ठक्करको आवाज स्पष्ट सुन्न सकिन्छ भने पत्रकारहरू दुर्घटनास्थलतिर कुदिरहेको देख्न सकिन्छ । सीएनएनका अनुसार ती व्यक्तिले जानाजान उक्त दुर्घटना भने गराएका होइनन् । उनमा कुनै गलत मनसाय नभएको पनि बताइएको छ ।

तपाईको प्रतिक्रिया