Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोहमा आज विभिन्न संकाय र तहमा उपाधि प्राप्त १२ हजार ४ सय १५ विद्यार्थी दीक्षित भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट विद्यार्थीहरु दीक्षित भएका हुन् ।

त्रिविको ६१औं ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए । निवेदन दिएकामध्ये स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ विद्यार्थी दीक्षित भएका हुन् ।

विश्वविद्यालयका कार्यवाहक उपकुलपति शिवलाल भुसालले २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन पाउने व्यवस्था गरिएको जानकारी दिए । गत वर्ष १० हजार तीन सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए । उनले उत्तीर्ण विद्यार्थीलाई स्वदेशमै रोजगारीसहित टिकाउने चुनौती देखिएको स्थितिमा विश्वविद्यालयले शिक्षासँगै उद्यमशीलता अपनाउने प्रतिबद्धता व्यक्त गरे ।

दीक्षान्त समारोहमा साढे १२ हजार विद्यार्थी दीक्षित भए पनि त्रिविमा कुल ७३ हजार विद्यार्थी उतीर्ण भएकोले उनीहरू सबै दीक्षित भएको मानिने त्रिविले दाबी गरेको छ । विश्वविद्यालयले विश्वमा नै धेरै विद्यार्थी दीक्षित गर्ने दाबी गर्दै ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा समेत आवेदन दिएको छ । यसका लागि गिनिज बुक अफ वर्ल्ड रेकर्डका प्रतिनिधि पनि नेपाल आएका छन् । उनीहरुले दीक्षान्त समारोहमा उपस्थित भएर प्रमाणित गरेको खण्डमा त्रिविको दिक्षान्तले गिनिज बुकमा नाम लेखाउनेछ ।

तपाईको प्रतिक्रिया