Deneme Bonusu Veren Siteler
मंगलबार, माघ २९, २०८१
Tuesday, February 11, 2025

काठमाडौं – सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन-२०८० को तयारीमा जुटेको सुदूरपश्चिम प्रदेश सरकारले आन्तरिक तथा बाह्य लगानी भित्र्याउन लगानीकर्ताहरूसँग भेटघाट र छलफल तीव्र पारेको छ । शनिबार काठमाडौँमा मुख्यमन्त्री कमलबहादुर शाह र गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्वअध्यक्ष जीवा लामिछाने र संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोबीचमा लगानी तथा विकास सम्मेलनमा विषयमा छलफल भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

छलफलका क्रममा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशमा लगानी गर्न एनआरएनएका पूर्व अध्यक्षद्धय लामिछाने र महतोसँग आग्रह गरेका थिए । प्रदेश सरकारले लगानीका लागि आवश्यक नीति र वातावरण बनाउने आश्वस्त पार्दै मुख्यमन्त्री शाहले सुदूरपश्चिममा लगानी गर्न आग्रह गरे । उनले पूर्व अध्यक्षद्धय लामिछाने र महतोलाई फागुन २३ र २४ गते धनगढीमा आयोजना गर्न लागिएको लगानी तथा विकास सम्मेलनमा सहभागी हुन आग्रह गरे ।

एनआरएनएका पूर्व अध्यक्ष एवं सानिमा ग्रुपका अध्यक्ष लामिछानेले सुदूरपश्चिममा आफ्नो समूह लगानी गर्न तयार रहेको र त्यसका लागि आवश्यक वातावरण बनाउन प्रदेश सरकारसँग आग्रह गरे । एनआरएनएका संस्थापक अध्यक्ष तथा मेडसिटी अस्पतालका अध्यक्ष डा. महतोले पनि सुदूरपश्चिममा लगानी गर्ने प्रतिबद्धता गरे ।

मुख्यमन्त्रीको निमन्त्रणा स्वीकार गर्दै पूर्व अध्यक्षद्धय लामिछाने र महतोले लगानी तथा विकास सम्मेलनमा सहभागी हुने जानकारी गराए ।लगानी तथा विकास सम्मेलनका लागि अन्तर्राष्ट्रिय संयोजक हिक्मत थापाको संयोजनमा आयोजित छलफलमा सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा र आर्थिक मामिला तथा योजना मन्त्री नरेशकुमार शाही समेत सहभागी थिए ।

यसअघि मुख्यमन्त्री र गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष डा. शेष घलेबीच पनि लगानी तथा विकास सम्मेलनका सम्बन्धमा छलफल भएको थियो । छलफलमा डा. घलेले सहभागीताका लागि निमन्त्रणा स्वीकार गर्दै उपयुक्त प्रोजेक्टहरू पहिचान गर्दै लगानीकर्ता बिच प्रस्तुत गर्न सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया