Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं’ योजना अन्तर्गत मेगा बम्पर उपहार ‘आफूले पठाएको भन्दा १० गुणा बढी पाउने’ विजेताको नाम घोषणा गरेको छ ।

उक्त योजनामा साउदी अरबबाट रेमिटेन्स पठाउने राजु तामाङले आफूले पठाएको रकम ५३ हजार ७५ रूपैयाँको १० गुणा पाँच लाख ३० हजार ७५० रूपैयाँ जित्न सफल भएका छन् । चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनको विशेष उपस्थितिमा विद्युतीय प्रणालीद्वारा विजेता छनौट गरिएको हो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १५ गतेदेखि मंसिर १५ गतेसम्म चल्ने गरी २०८० सालको दसैं तिहार र छठलाई लक्षित गर्दै लगातार ६१ दिन सम्म चल्ने उक्त उपहार योजना घोषणा गरेको थियो ।

सोही योजना अन्तर्गत लक्की ड्रमार्फत् हरेक महिना १ जनालाई जनही एक लाख रूपैयाँ, हरेक हप्ता ५ जनालाई जनही २५ हजार रूपैयाँ साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरूलाई जनही पाँच सय रूपैयाँको वालेट टपअप र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजना रहेको थियो ।

जसअन्तर्गत ६ हजार एक सय जनाले दैनिक ५०० रूपैयाँको वालेट टपअप, ४५ जनाले साप्ताहिक उपहार (जनही २५ हजार रूपैयाँ र २ जनाले मासिक उपहार जनही १ लाख रूपैयाँ जित्न सफल भइसकेका छन् ।

तपाईको प्रतिक्रिया