Deneme Bonusu Veren Siteler
मंगलबार, साउन ०१, २०८१
Tuesday, July 16, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – ‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिम पाकिस्तानको कराँचीस्थित अस्पतालमा भर्ना भएका छन् । उनलाई विष दिइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । पाकिस्तानले यसको आधिकारिक पुष्टि भने गरेको छैन । उनि गम्भीर बिरामी भएपछि कडा सुरक्षाका बीच पाकिस्तानकाे कराचीस्थित अस्पतालमा भर्ना गरिएको छ । अस्पतालमा भर्ना हुनुको कारणबारे अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन ।

दाउद भारतीय नागरिक भए पनि भारतबाट भागेर कराचीमा बस्दै आएका छन् । उनको डि कम्पनीले विश्वभर आफ्नो साम्राज्य बनाएको छ । भारतले उनलाई मोस्ट वान्टेड सूचीमा राखेको छ । दाउद सामान्य परिवारबाट आएर पहिला मुम्बई र पछि विश्वभर नै आफ्नो सञ्जाल फैलाएका चर्चित डन हुन् ।

 

 

तपाईको प्रतिक्रिया