Deneme Bonusu Veren Siteler
आइतबार, आषाढ ३०, २०८१
Sunday, July 14, 2024

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् हेरफेर हुने विषयमा अहिले कुनै छलफल नभएको बताएकी छिन् । आइतबार दिउँसो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएकी हुन् ।

बाहिर चर्चा भएजस्तो अहिले मन्त्रिपरिषद्को सेट नै परिवर्तन गर्नेगरी कुनै छलफल नभएको बताउँदै उनले आवश्यक्ता अनुसार केही परिवर्तन हुनसक्ने संकेत पनि गरिन् ।

‘मन्त्रिपरिषद् हेरफेर वा सेट नै चेन्ज गर्ने विषयमा कुनै कुरा भएको छैन । आवश्यक्ता अनुसार हुनै सक्दैन भन्ने होइन,’ मन्त्री शर्माले भनिन्, ‘अहिलेको सन्दर्भमा त्यस्तो कुनै छलफल भएको छैन । त्यसकारण अहिले मन्त्रि हेरफेर हुन्छ कि हुँदैन कि भन्ने कुरामा कुनै कुरा भएको छैन ।’

तपाईको प्रतिक्रिया