Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – रुस-युक्रेन युद्धमा कैलाली टीकापुरका एक युवकको ज्यान गएको खुलेको छ । रुसी सेनाका तर्फबाट युद्धमा सामेल टीकापुर नगरपालिका-१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्युको खबर परिवारका सदस्यले केही दिन अघि पाएका हुन् ।

उनीहरुले आइतबार कुशको शव बनाएर भरतको अन्त्येष्टि गरेका छन् । २६ नोभेम्बर (मंसिर १० गते) नै भरतको मृत्यु भएको खबर भर्खरै पाएको उनका दाजु नाताका बिर्ख शाहले जानकारी दिएका छन् । भरतसँगै रुसी सेनाका तर्फबाट युद्धमा सहभागी कञ्चनपुरका रोशन थापाले आफ्नी श्रीमतीलाई भरत युद्धमा मारिएको खबर पठाएको र उनीहरुबाट ढिला मात्र जानकारी पाएको बिर्खले बताएका छन् ।

भरतको २६ नोभेम्बरमा युद्धमा गोली लागेर मृत्यु भइसकेको उनीसँगै कार्यरत महेन्द्रनगरका थापाजीले म्यासेज गरेर आफ्नो श्रीमतीलाई भनेको जानकारी दिंदै बिर्खले सुनाए, ‘तर उहाँले हामीलाई खबर गर्न सक्नु भएन । ढिलो गरी थाहा पायौं ।’ गत ३० साउनमा संयुक्त अरब इमिरेट्सको दुबई गएका भरत पूर्व प्रहरी हुन् । उनी दुबईमा सुरक्षा गार्डका रुपमा काम गर्दै आएका थिए । उनी उतैबाट रुस गएका थिए ।

मृतक शाहको कुशको शवको प्रतिमा बनाएर आइतबार हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको दाजु नाता पर्ने बिर्खले जानकारी दिएका छन् । भरतका श्रीमती, नाबालक छोरा र छोरी छन् ।

तपाईको प्रतिक्रिया