Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सीता-राम विवाह पञ्चमी महोत्सवमा सहभागी श्रद्धालुको पाकेटमारी गर्ने १८ जना पक्राउ परेका छन् । जनकपुरका विभिन्न स्थानबाट पाकेटमार पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई गोपाल धर्मशालाको प्रहरी युनिटमा राखिएको छ । विशेषगरी भिडभाडको मौका छोपेर महिलाको गरगहना लुट्ने र रुपैयाँ राखिने लुगाको पाकेट काट्ने पक्राउ परेका छन् ।

विवाह पञ्चमीका श्रद्धालुको सुरक्षाका लागि १३ सय नेपाल प्रहरी र साढे ६ सय सशस्त्र प्रहरी परिचालन गरिएको छ । ड्रोन क्यामेरा र सिसिटिभी क्यामेराबाट समेत निगरानी प्रहरीले गरिरहेको छ ।

तपाईको प्रतिक्रिया