Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – छैटौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले झन्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुरबाट र्‍यालीसमेत निकालेको थियो ।

आज बिहान बसन्तपुरबाट भेला भई शान्तिबाटिकासम्म र्‍याली गरिएको छ। शान्तिबाटिका पुगेर कोण सभा गरिएको थियो।

२०१९ साल पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा यो दिवस मनाउन थालिएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए । प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झन्डा दिवस, राष्ट्रिय पोशाक दिवस र राष्ट्रिय टोपी दिवससमेत मनाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया