Deneme Bonusu Veren Siteler
सोमबार, आषाढ ३१, २०८१
Monday, July 15, 2024

काठमाडौं – कलाकार हरिवंश आचार्यले चेलबेटी बेचबिखनसम्बन्धी नयाँ गीत ल्याएका छन् । हरिवंशको स्वरमा ‘हिड माया हिड’ बोलको गीत सार्वजनिक भएको हो ।

माइती नेपालको प्रस्तुतिमा बनेको गीतमा हरिवंशकै शब्द र संगीत छ भने स्वरमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छन् । साहस शाक्यको एरेन्ज रहेको गीतलाई श्यामश्वेत रसाइलीको मिक्सिङ गरेका हुन् ।

चेलीबेटी बेचबिखनको कथा गीतमा समेटिएको हरिवंशले बताए। यो समस्या समाधान नभएसम्म यस विषयमा निरन्तर जनचेतनामूलक गीत गाइरहने उनको भनाइ छ ।

भिडिओमा हरिवंशसँगै कलाकारहरु प्रियंका कार्की, कविता न्यौपाने, बालकृष्ण ओलीलगायतले अभिनय गरेका छन् । गम्भीर विष्टको कन्सेप्ट र निर्देशन रहेको यो गीतको भिडिओमा कसरी गाउँगाउँबाट युवतीलाई ललाईफकाई विदेश पुर्‍याइन्छ भन्ने कथा छ ।

पवन सुस्लिङले खिचेको गीतको भिडिओ प्रवीण भट्टले सम्पादन गरेका हुन् । यसअघि पनि हरिवंशले चेलीबेटी बेचबिखनकै विषयमा ‘कर्कलो कोक्याउला’ र ‘काउली’ गीत ल्याइसकेका छन् ।

तपाईको प्रतिक्रिया