बिहिबार, फाल्गुण १०, २०८०
Thursday, February 22, 2024

काठमाडौं – चीनको राजधानी बेइजिङमा दुई वटा सबवे रेल एकआपसमा ठोक्किँदा १०२ जना हड्डी भाँच्चिएर घाइते भएका छन् ।

बिहीबारको दुर्घटनापछि हड्डी भाँच्चिएर घाइते भएका र अन्य घाइते भएका सहित ५०० जनालाई अस्पताल भर्ना गरिएको थियो । चाङपिङ सबवे लाइनमा भारी हिमपात भइरहँदा दुई रेलहरू ठोक्किएको बीबीसीले जनाएको छ ।

अगाडि बढ्नुपर्ने रेल हिउँको चिप्लोले पछाडी सरेपछि पछाडिको रेलले अगाडिको रेललाई ठक्कर दिएको हो । शुक्रबार बिहानसम्म ४२३ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

सबवेको दोस्रो रेलले ब्रेक लगाएता पनि दुर्घटना भने टर्न सकेन, यद्यपि घटनामा हताहतीको विवरण भने प्राप्त भएको छैन ।

तपाईको प्रतिक्रिया