Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई ‘सेटिङ’मा छोडिएको आरोप लगाएका छन् । समृद्धिका लागि एमालेको मध्यपहाडी संकल्प यात्राअन्तर्गत शनिवार दिउँसो पाँचथरको फिदिममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । कांग्रेसका खाणलाई छोडिएको तर एमालेका नेता पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश दिइएको भन्दै ओलीले आपत्ति जनाए । ‘कांग्रेसका बालकृष्ण खाण छुटे । तर हाम्रा कोही साथीहरूलाई जेल राखिएको छ । टोपबहादुरजी एमालेमा लागेको रिसले उहाँलाई जेलमै राखियो । कांग्रेसको मान्छे न्यायाधीश हुन्छ अनि कहाँ हुन्छ !,’ उनले भने ।

नक्कली भुटानी शरणनार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्रीसमेत रहेका खाणलाई पाटन उच्च अदालतले बिहीवार ३० रुपैयाँ लाख धरौटीमा छोड्न आदेश दिएको थियो । तर हाल एमाले भएका पूर्वमाओवादी नेता रायमाझीलाई भने थुनामै राखिएको छ । यस्तै अदालतबाट ३० लाख धरौटीमा छुटेका खाणसँग सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि १५ लाख रुपैयाँ धरौटी मागेको छ । उनी शुक्रवार रिहा भएका छन् । अर्को प्रशंगमा ओलीले राष्ट्रिय स्वाधीनताको रक्षा, विकास र समृद्धिका लागि आसन्न २०८४ को आमनिर्वाचनमा एमालेलाई बहुमत दिएर एकमनाको सरकार बनाउने ठाउँमा पुर्याउन आग्रह गरे ।

आफ्नो गृहजिल्ला तेह्रथुमका बासिन्दासँग प्रत्यक्ष भेटघाट गरी ओली फिदिम आइपुगेका हुन् । बैतडीको झुलाघाटबाट मंसिर १४ मा थालनी भएको १९ दिने संकल्प यात्राका क्रममा उनी बिहीवार जन्मजिल्ला थेह्रथुम पुगेका थिए । एमालेको संकल्प यात्रा आइतवार पाँचथरको चिवाभन्ज्याङ पुगेर टुंगिने छ ।

तपाईको प्रतिक्रिया