Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बंगाली फिल्म उद्योगका चर्चित गायक अनुप घोषालको निधन भएको छ । ७७ वर्षको उमेरमा अनुपको निधन भएको हो । पीटीआई रिपोर्टका अनुसार अनुप घोषाललाई उमेर सम्बन्धी रोगका कारण पछिल्लो केही दिनदेखि दक्षिण कोलकाताको एक निजी अस्पतालमा भर्ना गरिएको थियो। उनको मृत्युको कारण मल्टिपल अर्गन फेल भएको बताइएको छ । उनले शुक्रबार दिउँसो १ः४० बजे अन्तिम श्वास लिए ।

अनुप घोषाल बलिउडका चर्चित गायक थिए । अनुप घोषालको हिन्दीमा सबैभन्दा लोकप्रिय गीत ‘तुझसे नाराज नही जिंदगी’ हो । यो बलिउडको सदाबहार गीतहरू मध्ये एक हो। यसबाहेक उनले उद्योगमा धेरै गीत गाइसकेका छन् । अनुप कोलकाताका थिए। बलिउड बाहेक उनले बंगाली र भोजपुरी गीत पनि गाएका छन् ।

तपाईको प्रतिक्रिया