Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – इन्डोनेसियाले कामदार अभावको सामना गरिरहेको जापानमा १ लाख श्रमिक पठाउने भएको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार इन्डोनेसियाले जनसांख्यिक लाभांशको फाइदा उठाउँदै आफ्ना कामदारहरू जापानमा पठाउन लागेको हो ।

आगामी केही वर्षहरूमा इन्डोनेसियाका कामदारको जापान प्रवेश चार गुणाले बढ्ने पनि बताइएको छ । जापानमा वृद्धहरूको जनसंख्या बढ्दै जाँदा त्यहाँ कामदारको अभाव भएको बताइएको छ । आगामी पाँच वर्ष इन्डोनेसियाले हरेक वर्ष १ लाख कामदार जापान पठाउनेछ भने कामदारको संख्या वद्धि हुँदै जानेछ ।

सन् २०४० सम्ममा जापानलाई ६७ लाख विदेशी कामदारको खाँचो हुने सन् २०२२ को जापान इन्टरनेसनल कोअपरेसन एजेन्सीको अनुसन्धानमा जनाइएको थियो । इन्डोनेसिया विश्वमा सबैभन्दा बढी विदेशमा श्रमिक पठाउने राष्ट्रमध्येमा पर्दछ । त्यहाँका अधिकांश जनसंख्या युवा भएकाले उसलाई जनसांख्यिक लाभ भएको बताइन्छ । कामदार अभाव पूर्ति गर्न जापानले एसएसडब्लू प्रणाली लागू गरेको छ । जापानको भाषा सिकेर, निश्चित मापदण्ड पालना गरेर मानिसहरू जापानमा काम गर्न जान सक्छन् ।

 

तपाईको प्रतिक्रिया