Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – भक्तपुरको नगरकोटमा नेपालकै सबैभन्दा लामो जिपलाइन सञ्चालनमा आएको छ । शुक्रबार पर्यटनमन्त्री सुदन किरातीले उद्घाटन गरेसँगै चाँगुनारायण नगरपालिका-६ र ७ मा फैलिएको २ हजार २५० मिटर लामो जिपलाइन आजदेखि सञ्चालनमा आएको हो ।

यसअघि पोखराको जिपलाइन नेपालकै सबैभन्दा लामो जिपलाइन थियो । नगरकोटमा केदार थापा, प्रेम बहादुर बस्नेत लगायतको समूहले उक्त जिपलाइन सञ्चालन गरेका हुन् । जिपलाइन बनाउन १५ करोड खर्च भएको बताइएको छ। उद्घाटनमा पुगेका पर्यटनमन्त्री किरातीले यसले नेपालको पर्यटन प्रवर्द्धनमा थप योगदान गर्ने बताए। उद्घाटनपछि मन्त्री किरातीले पनि जिपलाइन गरेका थिए ।

तपाईको प्रतिक्रिया