Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – बैंक घोटाला गर्ने चीनका एक म्यानेजरलाई जन्मकैदको फैसला सुनाइएको छ । बीबीसीका अनुसार दक्षिणी चीनको एक शाखामा म्यानेजरको रुपमा सन् १९९३ देखि सन २००१ सम्म काम गरेका सु काओचुनलाई उक्त फैसला गरिएको हो ।

साढे ३२ करोड अमेरिकी डलर किर्ते ऋण बनाएर हिनामिना गरेको पाइएपछि उनलाई जन्मकैद भएको हो । यसलाई चिनियाँ राष्ट्रपति सी चीनफीङको भ्रष्टाचार विरोधी अभियानको एक अंगको रुपमा बताइएको छ ।

सन् २००१ मा सु अमेरिका भागेका थिए। तर, उनलाई चीन ल्याएर अदालती प्रकृयामा सामेल गराइएको थियो । चीनमा पछिल्लो समय आर्थिक क्षेत्रमा भएका घोटालामा शक्तिशाली अदालती फैसलाहरु आएका छन् । तीन महिना अगाडि चाइना बीमा संस्थानका अध्यक्ष वाङ पीनलाई मृत्युदण्डको फैसला सुनाइएको थियो ।

तपाईको प्रतिक्रिया