Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पेस्तोल र लागुऔषध खैरो हेरोइनसहित भक्तपुरबाट दुईजना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जनालाई पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरुमा इलामको इलाम नगरपालिका–९ घर भएका ४१ वर्षीय चिरन्जीवी सेन्चुरी र नवलपुरको कावासोती नगरपालिका–२ घर भएका ३१ वर्षीय लेखबहादुर कार्की छन्।कार्यालयका सूचना अधिकारी एसपी मिलन केसीका अनुसार त्यस क्षेत्रमा लागु औषध कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा प्रहरीको टोली खटिएको थियो।

उनीहरुको साथबाट ५ ग्राम खैरो हेरोइन, १ थान पेस्तोल, ५ राउण्ड गोली, २ थान म्याग्जीन र २ थान मोबाइल बरामद भएको छ।

 

तपाईको प्रतिक्रिया