Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानको शक्तिशाली सत्तारुढ पार्टी संलग्न रहेको चन्दा संकलन काण्डमा चार जना मन्त्रीले राजीनामा दिएका छन् । जापानमा अलोकप्रिय बन्दै गएका प्रधानमन्त्री फुमियो किशिदाको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी एलडीपी ठूलो भ्रष्टाचार काण्डमा परेपछि चार मन्त्रीले बिहीबार राजीनामा दिएका हुन् ।

मुख्य मन्त्रिपरिषद सचिव तथा सरकारका प्रवक्ता हिरोकाजु मात्सुनो, उद्योग मन्त्री यासुतोशी निशिमुरा, आन्तरिक मामिला मन्त्री जुनजी सुजुकी र कृषि मन्त्री इचिरो मियाशिताले राजीनामा दिएको बीबीसीले जनाएको छ । मात्सुनो प्रधानमन्त्री किशिदाको ‘दायाँ हात’ भएको बताइन्छ ।

पत्रकार सम्मेलनमा मत्सुनोले भने, ‘राजनीतिक कोषका विषयमा लागेका विभिन्न आरोप, राजनीतिप्रति जनताको विश्वासमा आँच पुर्‍याउने र आफ्नै राजनीतिक कोषका विषयमा लागेका विभिन्न आरोपका कारण मैले राजीनामा बुझाएको छु ।’

यसबाहेक, पूर्व प्रधानमन्त्री सिन्जो आबेको नेतृत्वमा रहेको सोही गुटका पाँच उपमन्त्री र एक संसदीय मन्त्रीले पनि राजीनामा दिएका छन् । यसरी सामूहिक राजीनामा दिँदा मन्त्रीमण्डलमा एलडीपी संकटमा परेको बताइएको छ । सामूहिक राजीनामाले अब एलडीपीलाई मन्त्रिपरिषदमा यसको सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली गुटबाट कुनै प्रतिनिधि नभएको असामान्य अवस्थामा छोडेको छ ।उक्त पार्टीलाई सन् २०२२ सम्म ५०० मिलियन ऐन (३४ लाख डलर) घोटाला गरेको आरोप लागेको छ । प्रधानमन्त्री किशिदा यतिबेला आफ्नो पार्टीलाई दशकौँको सबैभन्दा ठूलो आर्थिक घोटाला आरोपबाट जोगाउन संघर्षरत छन् ।

उक्त गुटले पार्टी टिकटका लागि आफ्ना विधायकहरूको कोटा तोकेको छ, जसको लागत २० हजार येन छ । लक्ष्य नाघेको खण्डमा आफ्नो अतिरिक्त आम्दानी केही अन्तरपार्टी समूहमार्फत घुस लिएर फिर्ता हुने गरेको आरोप छ।  १० जना सांसदले घुस लिएका र तीमध्ये केहीलाई १० मिलियन येन वा सोभन्दा बढी दिइएको आरोप छ ।

एलडीपी सन् १९९५ देखि निरन्तर सत्तामा रहँदै आएको छ । तर पछिल्लो १० वर्षदेखि भने यसले आफ्नो लोकप्रियता घटाउँदै गएको एनएचके सर्वेक्षणले देखाएको छ । प्रधानमन्त्री किशिदा पहिले पनि विभिन्न प्रकरणमा जोडिएका तथा देशमा बढ्दै गरेको मुद्रास्फीतिका कारण नागरिकहरु उक्त पार्टीप्रति असन्तुष्ट छन् ।

तपाईको प्रतिक्रिया