Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण केन्‍द्रीय कारागार जगन्नाथदेवलबाट छुटेका छन् । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले उनलाई ३० लााख धरौटीमा छाड्न आदेश दिएसँगै छुटेका हुन् ।

शुक्रबार दिउँसो उनी कारागारबाट छुटेर जिल्ला अदालत काठमाडौंमा गएको कारागारका सहायक जेलर मित्र लुइँटेलले जानकारी दिए । उनका अनुसार जिल्ला अदालतबाट छुटेर खाण सम्पत्ति शुद्धीकरण विभागमा जाँदैछन् । त्यहाँबाट उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा लगिनेछ । अख्तियारबाट छुटेपछि भने उनी तारेखमा हुनेछन् ।

उच्च अदालतबाट जिल्ला अदालतमा मिसिल पठाएसँगै खाणका आफन्तले ३० लाख रुपैयाँ बराबरको बैंक ग्यारेण्‍टी बुझाएका हुन् । मंसिर १५ गते उच्च अदालत पाटनका न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिँदा कोइरालाको इजलासले निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया