काठमाडौं – मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मन्त्रालयको सचिवमा सेवा लम्साललाई बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
सचिवमा बढुवा भएसँगै लम्साल परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव भएकी छन् । यसअघिका परराष्ट्र सचिव भरतराज पौड्याल अवकाशमा गएपछि लम्साललाई सचिवमा बढुवा गरिएको हो ।