Deneme Bonusu Veren Siteler
मंगलबार, साउन ०१, २०८१
Tuesday, July 16, 2024

काठमाडौं – मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा मुक्का प्रहार भएको छ । भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि मुक्का प्रहार भएको हो ।

बिहीबार करिब १२ बजेतिर लेगुवा पुगेका अध्यक्ष ओलीमाथि स्वागत गर्न भन्दै फूलमालासहित लाइनमा बसेका एक जनाले मुक्का प्रहार गरेका थिए । ओलीमाथि हातपात गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लेगुवाका महेश राईले ओलीमाथि आक्रमण गरेका हुन् ।

उनले मुक्का हान्नुको कारण खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया