Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा चार खर्ब ७७ अर्ब रूपैयाँ बढी रेमिट्यान्स भित्रिएको छ। चालु आर्थिक वर्षको पहिलो ४ महिना अर्थात् साउनदेखि कात्तिक मसान्तसम्म ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो। नेपालमा गत वर्षको यही अवधिमा ३ खर्ब ७८ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएकोमा चालु आर्थिक वर्षमा यो दर २६.४ प्रतिशतले वृद्धि भएको छ ।

यो चार महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा भने उच्च दरले कमी आएको छ। वैदेशिक रोजगारीमा जानेको संख्या २७ प्रतिशतले घटेको छ। गत वर्षको चार महिनामा नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८४ हजार थियो। चालु आर्थिक वर्षको यो अवधिमा भने मात्रै २ लाख ६ हजारले यस्तो स्वीकृति लिएका छन्। गत आर्थिक वर्षभरीमा वैदेशिक रोजगारी र अध्ययनमा जानेको संख्या १० लाख हाराहारी थियो। गत वर्ष गएकाहरूले रेमिटेन्स पठाउन थालेपछि पुनः यो वर्ष रेमिटेन्स भित्रिने दर बढेको हो।

तपाईको प्रतिक्रिया