Deneme Bonusu Veren Siteler
शुक्रबार, आषाढ २८, २०८१
Friday, July 12, 2024

काठमाडौं – काठमाडौँ महानगरपालिकाले २६४ ठाउँमा बस बिसौनी निर्माण गर्ने योजना बनाएको छ । यातायात प्रणालीमा सुधारका लागि महानगरले बसको रुट मिलाउने लागेको हो ।

महानगरले पेलिकन क्रसिङ लाइट बिस्तार गर्दै जाने, एकतर्फी सडक व्यवस्थापन, मोटरसाइकल ग्यारेजका लागि मापदण्ड निर्माण, सडकमा कोन र डिभाइडरको व्यवस्थापन, पेट्रोल पम्प व्यवस्थापन, सडक संकेत र चिन्ह व्यवस्थापन गर्नेलगायत काम गर्ने तयारी गरेको छ । दैनिक उपभोग्य वस्तुको ढुवानी, मालवाहक सवारी, विद्यालयका बसहरूको समय निर्धारण गर्ने, पार्किङ व्यवस्थापन गर्ने र विद्यालयमा यातायात प्रणालीसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुनेछन् ।

२९ औँ महानगर दिवस २०८० का अवसरमा बुधबार महानगरपालिकामा आयोजित महानगरपालिका र ट्राफिक प्रहरीबीच समन्वय तथा सहकार्यसम्बन्धी अन्तरक्रियामा यसबारे जानकारी दिइएको हो । कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को पहिलो बैठक भइसकेको बताउँदै सम्बद्ध कार्यालयसँग सहकार्य बढाइएको बताए । अधिकारीले काठमाडौँमा अटो रिक्सा, ई-रिक्सा र ठेला प्रयोगमा पूर्ण रोक लगाउने बताएका छन् ।

अन्तरक्रियामा प्रस्तुतीकरण गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक पोषराज पोखरेलले महानगरसँगको सहकार्यमा जनशक्तिमा प्रोत्साहन मिलेर प्रणालीमा सुधार हुने काम गर्न सकिने बताए । बागमती, विष्णुमती, धोवीखोला र मनोहरा करिडोरलाई दुईतर्फी सञ्चालन गराउन पाए सवारी चाप गराउन सकिने बताउँदै पोखरेलले यसका लागि महानगरपालिकाको भूमिका आवश्यक रहेको बताए ।

यातायात प्रणाली सुधारबारे प्रस्तुतीकरण गर्दै महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले संकेत चिन्ह मिलाउन तत्काल काम थाल्नुपर्ने बताए । चालु आर्थिक वर्ष यातायात क्षेत्रको सुधारका लागि ४४ करोड रुपैयाँ छुट्याएर काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया