बुधबार, फाल्गुण १६, २०८०
Wednesday, February 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको महासचिव डा.भरतराज गौतमले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन्। आइतबार आकस्मिक रुपमा पदबाट राजीनामा दिएका गौतमको राजीनामा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका हुन् । कार्यकाल बाँकी रहे पनि घरयासी कारण देखाउँदै उनले राजीनामा दिएका थिए ।

उनको राजीनामासँगै सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्लिसेनाले पद्मप्रसाद पाण्डेलाई महासचिवका लागि सिफारिस गरेका थिए । सो सिफारिसअनुसार उनको नियुक्त भने भइसकेको छैन । उता आजै सभामुख देवराज घिमिरेले पाण्डेलाई कार्यबाहक महासचिव तोकेका छन् ।

 

तपाईको प्रतिक्रिया