Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौं – साताको चौथो दिन सुनचाँदीको कारोबार मूल्यमा केही गिरावट छ। अघिल्लो दिनका तुलनामा सुन तोलामा ३ सय घटेको छ भने चाँदी १० रुपैयाँ घटेको छ। बुधबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख १६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार तोलाको १ लाख १६ हजार ३ सय रुपैयाँ थियो। गत आइतबारयता सुनको मूल्य एक हजार रुपैयाँ घटेको छ।

चाँदीको कारोबार मूल्य दुई दिनको स्थिरतापछि १० रुपैयाँ घटेर तोलाको १४ सय रुपैयाँ भएको छ। सोमबार कायम प्रति तोला १४ सय १० रुपैयाँमा स्थिर रहेर मंगलबार कारोबार भएको थियो। गत आइतबारका तुलनामा सोमबार १५ रुपैयाँ घटेको थियो। अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रति औंस १९७९.३९ डलरले कारोबार भइरहेको छ। मंगलबार १९८६.०३ डलर थियो।

चाँदीमा पनि २२.९१ डलरबाट घटेर २२.९१ डलरले कारोबार भइरहेको छ।

 

तपाईको प्रतिक्रिया