Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल आयाल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन् । थानीले ( आज ) बुधबारबाट लागू हुने गरि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसमक्ष राजीनामा बुझाएका हुन् । राजीनामाको कारणबारे भने मन्त्री रिजालले केही खुलाएनन् ।

थानी खुल्ला प्रतिस्पर्धाबाट २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए।२१ महिना सफलतापूर्वक कार्य सम्पादन गरेका थानीले १५ महिना अगाबै पदबाट राजिनामा दिएका हुन् ।

थानी नेपाली कांग्रेस निकट इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)का निवर्तमान अध्यक्ष हुन्। थानी नेपाली कांग्रेसको सक्रिय राजनीतिमा जाने योजना अनुसार राजिनामा दिएको बताइएको छ । थानी नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा निकट छन्।

तपाईको प्रतिक्रिया