Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – विश्व फुटबलका दुई सुपरस्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो पुनः एकपटक फुटबल मैदानमा आमनेसामने हुने भएका छन् । मेस्सी आबद्ध क्लब इन्टर मायामी र रोनाल्डो आबद्ध अल नासरले रियाद सिजन कपमा एक अर्काविरुद्ध प्रतिस्पर्धा गर्ने भएका हुन् ।

यसअघि पनि दुई क्लबबीच रियाद सिजन कपमा प्रतिस्पर्धा हुने चर्चा थियो । तर इन्टर मायामीले त्यसबेला छलफल भइरहेको र खेल हुनेबारे पछि जानकारी दिने बताएको थियो । यतिबेला भने मेस्सी आवद्ध इन्टर मायामी क्लबले नै आफ्नो क्लबले रोनाल्डो आवद्ध अल–नासरसँग भिड्ने पक्का भएको जनाएको हो ।

सन् २०२४ को जनवरी २९ देखि रियाद सिजन कप हुँदैछ । फेब्रुअरी १ तारिखमा हुने दोस्रो खेलमा मेस्सी आवद्ध इन्टर मायामी र रोनाल्डो आवद्ध अल–नासरबीच प्रतिस्पर्धा हुने इन्टर मायामीले जनाएको छ । पहिलो खेल भने जनवरी २९ मा हुनेछ । जसमा नेमार जुनियर आवद्ध अल–हिलालले अल–नासरसँग प्रतिस्पर्धा गर्नेछ ।

 

तपाईको प्रतिक्रिया