Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सत्ता साझेदार नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (बुधबार) बस्दै छ । हिजो दिउँसोका लागि बोलाइएको बैठक आज दिउँसो १ बस्ने भएको हो । नेता शेखर कोइरालाले आफूसँग परामर्श नगरी मंगलबार बैठक बोलाएको भन्दै महामन्त्री गगन थापा सहभागी नहुने परिस्थिति बनेपछि बैठक आजलाई सारिएको थियो । बैठकमा आगामी २९ गते बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक, आगामी पुस १६–१९का लागि तय भएको महासमिति बैठक, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले जाडो बढेको, राष्ट्रियसभा निर्वाचनको तयारी र आन्तरिक तयारी नपुगेको भन्दै महासमिति बैठक फागुनमा सार्ने प्रस्ताव परेका छन् । यसमा कांग्रेसका शीर्ष नेता सहमत देखिन्छन् ।

 

तपाईको प्रतिक्रिया