Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – गलकोट समाज जापानले नयाँ वर्ष-२०२४ मा नेपालका चर्चित कालकारको प्रस्तुति रहने गरि ‘सांगीतिक धमाका-२०२४’ कार्यक्रम गर्ने भएको छ । समाजको स्थापनाकाल देखि नै अङ्ग्रेजी नयाँ वर्षको अवसरमा सांगीतिक कार्यक्रम गर्दै आएको समाजले यसवर्ष पनि सांगीतिक धमाका-२०२४ कार्यक्रम गर्ने भएको हो ।

कार्यक्रममा पछिल्लो समय नेपालमा चर्चित कलाकार खेम सेन्चुरी, लाइभ दोहोरीमा जमेका रेशम निर्दोष र अर्की चर्चित कलाकार अमृता नेपालीको प्रस्तुति रहने गरि सांगीतिक धमाका-२०२४ गर्न लागेको महासचिव लक्ष्मण कार्कीले जानकारी दिए । ‘हाम्रो गाउँ हाम्रो ठाउँ, हातेमालो गरी संवृद्ध गराऔँ ’ भन्ने भावनाका साथ हरेक वर्ष गर्दै आएको उक्त कार्यक्रम अङ्ग्रेजी नयाँ वर्ष-२०२४ मा जापानका विभिन्न ३ शहरहरूमा नेपालबाट आमन्त्रित कलाकारहरूको साथमा गर्नका लागिएको हो,’ ‘महासचिव कार्कीले भने, ‘सामाजिक सेवाका क्षेत्रमा खर्च गर्ने गरि आर्थिक संकलन होस् भन्ने मनसायका साथ ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगार्थ अक्षयकोष वृद्धि’का लागि जापानका मुख्य शहरहरु ओसाका, नागोया र टोकियोमा हरेक वर्ष जस्तै सांगीतिक धमाकाका कार्यक्रम हुनेछन् ।’

गल्कोट क्षेत्रको सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, पर्यटकीय, पर्यावरणीय विकासमा हातेमालो गरि गल्कोट क्षेत्रको साथै राष्ट्रको विकासमा टेवा पुर्‍याउने उद्देश्यले सन् २००६ मा स्थापना भएको गल्कोट समाज जापानले अंग्रेजी नयाँ वर्ष-२०२४ को अवसरमा नेपालदेखि ख्याति प्राप्त कलाकार आमन्त्रण गरि २०२३ डिसेम्बर ३१ ओसाका, २०२४ जनवरी १ नागोया र जनवरी २ मा टोकियोमा समाजका क्षेत्रीय समितिको स्थानीय व्यवस्थापनमा कार्यक्रम गरिने समाजका प्रवक्ता दिलीप कँडेलले जानकारी दिए । कार्यक्रमलाई व्यवस्थित गर्नका लागि समाजका वरिष्ठ उपाध्यक्ष रत्नसिंह बस्नेतलाई कार्यक्रम संयोजकको जिम्मेवारी दिई कार्यक्रमको तयारी अगाडि बढाइएको प्रवक्ता कँडेलको भनाई छ ।

कार्यक्रमलाई क्षेत्रीय समितिले अपनत्व लिने गरि व्यवस्थापकीय भूमिका निर्वाह गर्नका लागि समाजका उपाध्यक्ष डिला गैरेलाई कान्तो क्षेत्रीय समिति, उपाध्यक्ष राजेन्द्र श्रेष्ठलाई नागोया क्षेत्रीय समिति र रामप्रसाद गैरे गौरीलाई कान्साई ओसाका क्षेत्रीय समितिको संयोजन गर्ने जिम्मेवारी सहित कार्य विभाजन गरिएको समाजकी अध्यक्ष कालिका थापाले जानकारी दिइन् । ‘जापानवासी सम्पूर्ण नेपालीको साथ सहयोग र समाजप्रतिको विश्वासका कारण समाजले सञ्चालन गरेका हरेक कार्यक्रम र योजना सफल भएका छन्,’ अध्यक्ष थापाले भनिन्, ‘यस वर्ष पनि शिक्षा र स्वास्थ्य जस्तो पवित्र कार्यमा सहयोग पुर्‍याउन सकियोस् भनेर कार्यक्रम गरिन लागेकोले जापानवासी नेपालीको साथ सहयोगको अपेक्षा गर्दछौँ ।’

जापानवासी नेपालीहरूको विगतदेखि समाजले गर्दै आएका कार्यक्रममा सहयोग रहँदै आएकोले यस पटकको कार्यक्रममा पनि उत्साहपूर्ण रुपमा सहयोग रहने अपेक्षा समाजका कोषाध्यक्ष तथा कार्यक्रमका आर्थिक संयोजक दिलबहादुर थापा ‘रामु’ले विश्वास व्यक्त गरे । कार्यक्रममा इभेन्ट पार्टनरका लागि ५० मान, सहआयोजकका लागि ४० मान, प्लेटिनियम पार्टनरका लागि २५ मान, डायमण्ड पार्टनरका लागि २० मान, गोल्ड पार्टनरका लागि १० मान, सिल्भर पार्टनरका लागि ५ मान, ब्रोञ्च पार्टनरका लागि ३ मान र सपोर्टरका लागि १ मान सहयोगको अपेक्षासहित प्रायोजकको प्रकार निर्धारण गरिएकोले सक्दो सहयोग गरिदिनका लागि आर्थिक संयोजक थापाले आग्रह गरेका छन् ।

कार्यक्रममा इभेण्ट पार्टनर सहयोग गर्नेलाई लोगो/तस्बिर मुख्य ब्यानरमा समावेश गर्ने, १० मान अर्थात् १ लाख येनमाथिको सहयोग गर्नेलाई मञ्चमा रिबन काट्नमा लागि आमन्त्रण गर्ने, सिल्भर पार्टनरदेखि माथि सहयोग गर्नेलाई कार्यक्रमका दिन आतिथ्यता गराइने, सहयोगी पार्टनरहरूको नामलाई मिडियाबाट र सामाजिक सञ्जालबाट प्रचार प्रसार गरिने, सहयोगीहरूको कार्यक्रम सञ्चालन गर्दा पटक-पटक स्टेजबाट नाम उद्घोष गरिने, इभेण्ट पार्टनरको लोगो तस्बिर टिकट तथा गेट पासमा राखिने, दर्शक माझ सम्मानपत्र/मायाको चिनोले सम्मान गरिने लगायतका सम्मानका कार्य कार्यक्रममा सहयोग गर्नेलाई गरिने पनि आर्थिक संयोजक थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया