Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आइतबार एक सय ११ अङ्कले बढेपछि सोमबार सामान्य करेक्सन लिएको सेयर बजारले आज फेरि लय समातेको छ । आज ३६.८६ अङ्कले बढेर नेप्से परिसूचक १९८५.४४ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल चार अर्ब ८४ करोड २७ लाख ७४ हजार तीन सय ८६ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर चार अर्ब ३० करोड ९० लाख १९ हजार एक सय ९६ रुपैयाँ पुगेको छ । बजार बढ्दा आज कारोबार रकममा भने गिरावट आएको छ तर लगातार दोस्रो दिन चार अर्ब माथिको कारोबार भएको हो ।

आज सर्वाधिक कमाउनेतर्फ सोनापुर मिनरल्स, एनआरएम, धौलागिरी लघुवित्त, बोटलर्स नेपाल, मानुसी लघुवित्त, दोल्ती हाइड्रो र त्रिशुली जलविद्युत कम्पनीका लगानीकर्ता रहे । उक्त कम्पनीहरुको सेयर मूल्य ९.९ प्रतिशतले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउने मध्ये सिवाईसी लघुवित्त, सिङ्गटी हाइड्रो, छिमेक लघुवित्त, गणपति लघुवित्त र विजय लघुवित्त रहे । उक्त कम्पनीहरुको सेयरमूल्य तीन प्रतिशत भन्दा बढीले घट्यो ।

आज होटल एन्ड टुरिजम उपसूचक सर्वाधिक ४.३३ प्रतिशतले बढ्दा हाइड्रोपावर उपसूचक ३.३ र फाइनान्स उपसूचक ३.२३ प्रतिशतले बढे । आज कुनै पनि उपसूचक घटेनन् ।

 

तपाईको प्रतिक्रिया