Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – क्यानडा गएका विद्यार्थीहरूले अब फुल टाइम काम गर्न पाउने भएका छन् । यसअघि जम्मा २० घण्टा मात्रै काम गर्न पाउने सुविधालाई बढाएर क्यानडा सरकारले फुल टाइम अर्थात् बढीमा ४० घण्टाको अवसर दिएसँगै क्यानडा जाने विद्यार्थीहरूको आकर्षण झनै बढेको छ ।

यो सुविधा क्यानडामा ७ डिसेम्बर २०२३ भन्दा अगाडि आवेदन दिएका विद्यार्थीहरूका लागि हो। विदेशबाट अध्ययन गर्न क्यानाडा गएका विद्यार्थीहरूले थप चार महिना अर्थात् अप्रिल २०२४ सम्म २० घण्टा भन्दा धेरै समय काम गर्न सक्ने सरकारले घोषणा गरेसँगै विद्यार्थीहरूमा उत्साह थपिएको छ । क्यानाडाका अध्यागमन, शरणार्थी र नागरिकतासम्बन्धि मन्त्री मार्क मिलरले जारी गरेको प्रेस विज्ञप्तिअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक सत्र चलिरहेको अवस्थामा पनि प्रति हप्ता २० घण्टा भन्दा बढी काम गर्न अनुमति दिने जनाइएको छ ।

क्यानडाको अध्यागमन मन्त्रीमा मार्क मिलरले क्युबेकबाट संसदमा प्रतिनिधित्व गर्छन् । उनी मन्त्री बनेसँगै क्यानडामा आप्रवासी भित्र्याउने कार्यक्रमहरू प्रभावकारी रूपमा लागू गरिँदै आएको मानिन्छ ।

गत वर्षको नोभेम्बर १५ देखि दिइएको यस्तो अनुमति यही डिसेम्बर ३१ देखि समाप्त हुने भएकाले विद्यार्थीहरूले अत्यन्त चासोका साथ सरकारको यो नीतिको प्रतीक्षा गरिरहेका थिए । पहिले नै क्यानडामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरू वा डिसेम्बर ७, २०२३ सम्ममा अध्ययन अनुमतिका लागि आवेदन दिएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले २० घण्टा भन्दा धेरै समय काम गरेर खर्च जुटाउन सक्ने यो अवसरका कारण विद्यार्थीहरूमा एक खालको उत्साह भरिएको छ ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरू क्यानडामा रहुन्जेल आर्थिक हिसाबले कुनै समस्या नहोस् भन्ने उद्देश्यले क्यानडाले विद्यार्थीहरूलाई त्यहाँको बसाई अर्थपूर्ण बनाउनका लागि यस्तो नयाँ नियम ल्याइएको छ । जसका कारण उनीहरूको आर्थिक स्तरदेखि सबै कुरामा सहज हुनेछ । जीवन यापनको लागत चुलिएका बेला यो घोषणाले विद्यार्थीलाई अस्थायी राहत दिने बताइएको छ ।

अध्यागमन मन्त्री मार्क मिलरले जनवरी २०२४ बाट लागु हुनेगरी अध्ययन अनुमतिका लागि आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले वार्षिक २० हजार ६३५ क्यानेडियन डलर बराबरको पैसा बस्न तथा खानको लागि विनियोजन गर्न सिफारिस गरेका छन् ।

तपाईको प्रतिक्रिया