Deneme Bonusu Veren Siteler
मंगलबार, साउन ०१, २०८१
Tuesday, July 16, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको छ। ललितपुर महानगरपालिका-३ ठाडो ढुंगामा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए।

पक्राउ पर्नेमा उदयपुरका ४५ वर्षीय अविनाश राई छन् । राईकाे दाहिने खुट्टामा गोली लागेको छ। उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ। प्रहरीले राईको साथबाट पेस्तोलसहित लागुऔषधसमेत बरामद गरेकाे छ।

 

तपाईको प्रतिक्रिया