Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले मंसिर २० गते पदबाट राजीनामा दिए । एकाएक गजुरेलले पदबाट राजीनामा दिएपछि माओवादीभित्र एक खालको तरंग पैदा भएको छ ।

मन्त्रीसरह सुविधा लिएर प्रधानमन्त्रीको सल्लाहकारमा करिब १० महिना काम गरेका उनी पछिल्लो समय प्रचण्ड र उनका अन्य सचिवालय सदस्यसँग असन्तुष्ट देखिन्थे । तर आफ्नो राजीनामाबारे नखुलाएका नेता गजुरेलले बीबीसी नेपालीसँग कुराकार्नी गर्दै प्रधानमन्त्रीको मुख्य सल्लाहकारको भूमिका निर्वाह गर्न असमर्थ भएपछि राजीनामा दिएको बताएका हुन् ।

हालसालै प्रधानमन्त्रीसँग कुरा नमिलेपछि आफूले राजीनामा रोजेको उनले बताए । ‘पछिल्लो समयमा कुरा नमिलेको हो, खास विवाद त होइन । मैले गम्भीर रूपमा उठाएका कुराहरू प्रधानमन्त्री र गृहमन्त्रीले गम्भीरतापूर्वक लिनु भएन,’ उनले भने, ‘खास एउटा मोड आयो त्यो कुरामा हामी एक ठाउँमा भएनौँ । अनि म त्यो भूमिकाबाट अलग भएँ ।’

प्रधानमन्त्रीले गत वर्ष माघ ९ गते हरिबोल गजुरेललाई आफ्नो मुख्य सल्लाहकार नियुक्त गरेका थिए । ‘भोलि विभिन्न प्रश्नहरू उठ्छन्, त्यसको जबाफ दिनुपर्छ,’ नेता गजुरेलले भविष्यमा सम्भावित विवादको डर लागेको संकेत गर्दै भने, ‘त्योभन्दा राम्रो कुरा, विषयवस्तु स्पष्ट पारेर छोडेपछि सम्बन्ध पनि सहज बनिरहने भयो ।’

गजुरेलले पनि बिचौलिया वा परिवारका सदस्य हाबी भएका कारण आफू निस्किएको कुरा स्वीकार गरेनन् । आफ्नो सल्लाह बेवास्ता गरिएको सन्दर्भ उल्लेख गर्दै उनले भने, ‘सल्लाहकारको रूपमा मेरो कुरा सुन्नैपर्ने बनाएको थिएँ, नसुनिएपछि अलग भएँ ।’

उनले राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार बन्नको लागि आफूले पदबाट राजीनामा नदिएको समेत स्पष्टिकरण दिए । राष्ट्रियसभा सदस्य बन्ने चर्चा छ नि ? भन्ने प्रश्नमा गजुरेलले भने, ‘राष्ट्रियसभामा उम्मेदवार बन्न त उम्मेदवारी दर्ताको अघिल्लो दिन राजीनामा दिए पनि भइहाल्थ्यो नि । विषय अर्कै हो ।’ ​

तपाईको प्रतिक्रिया