Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – यसअघि काठमाडौँ महानगरपालिकाले फुटपाथमा पसल राख नदिएको भन्दै १९९ घण्टा राष्ट्रिय सभागृह अगाडि उभिएका अभियन्ता ईः ले अब ललितपुर महानगरको निर्णयविरुद्ध पनि विरोध गर्ने भएका छन् ।

ललितपुर महानगरपालिकाको बिहान-साँझ फुटपाथ व्यापार गर्न नदिने निर्णयको विरुद्ध अभियन्ता ई: ले पुनर्विचार गर्न आग्रह गर्दै सो निर्णय नसच्याएमा ललितपुर महानगरपालिका अगाडि १०८ मिनेट उभिने घोषणा गरेका हुन् ।

सपना नमार्न आग्रह गर्दै उनले सोमबार फेसबुकमा लेखेका छन्, ‘सहर भनेको कार भएका मानिसलाई मात्र नभई सबैका लागि हो भन्ने यल (ललितपुर) को प्रयासलाई सबैले प्रशंसा गरेको छ,’ उनले अगाडि लेखेका छन्, ‘सहरको आत्मा मार्दै रात र बिहानका फुटपाथ क्षेत्र हटाउने निर्णयप्रति पुनर्विचार गर्न आवश्यक छ ।’

उनले मंगलबार ३ बजेदेखि ललितपुर महानगरपालिका अगाडि १०८ मिनेट उभिने बताउँदै लेखेका छन्, ‘कर लेऊ, गरी खान देऊ’,‘विस्थापन होइन, व्यवस्थापन गर ।’

तपाईको प्रतिक्रिया