Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – संघीय संसदका महासचिवमा पदमप्रसाद पाण्डे सिफारिस भएका छन् । महासचिव भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा प्रतिनिधि सभा सचिव रहेका पाण्डे सिफारिस भएका हुन् ।

गौतमले आइतबार राजीनामा दिएका थिए । उनको राजीनामा राष्ट्रपति कार्यालय पुगेर स्वीकृत भएपछि सोमबार बिहान प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति पौडेललाई भेटेका थिए । उनीहरूले राष्ट्रपति पौडेललाई भेटेर सचिव पाण्डेलाई महासचिवमा सिफारिस गरेका हुन् ।

सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसद्को महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ । गौतमले पदावधि अझै ८ महिना बाँकी छँदै राजीनामा दिएका हुन् । राजीनामाको कारण भने खुलाइएका छैनन् ।

तपाईको प्रतिक्रिया