Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – अहिले सामाजिक सञ्जालमा डडेल्धुराको एउटा भिडियो भाइरल छ । परशुराम नगरपालिका-१ का शिक्षक ‘मदिरा सेवन गरि परस्त्रीको घर’मा भनेर सामाजिक सञ्जालमा उक्त भिडियो छ्याप छ्याप्ति भाइरल छ ।

जसमा केही स्थानीयले उनलाई कुटपिट गरेका छन् । ती शिक्षक भनिएका व्यक्तिको मुखभरी रगत देखिन्छ । ५२ सेकेन्डको भिडियोमा ती व्यक्ति रक्सीले मात्तिएको देख्न सकिन्छ । भिडियोमा बोल्दै उनी भन्छन्, ‘मैले ऊसँग फोन कहिले गरेको छु, ऊसँग कुरा कहिले गरेको छु ।’

त्यसमा केही व्यक्ति बोल्दै सोध्छन्, ‘यति राति किन आइस् त ? मास्टर भएर जे पनि गर्न पाइन्छ ? राति पैसा माग्नुको कारण के ?’

त्यसैमा एक जना महिलाले भन्छिन्, ‘राती आएर सिधै जाने हो । मेरो घरको थडामा किन हाम फालेको ? राम्रो सोचले आएको भए दिउँसो आउनु पर्ने, केही न केही गर्ला भन्ने सोचमा राती आएको होस् ।’ ती महिलाको कुरा सुन्दा उनी माइती घरमा बस्दै आएको बुझिन्छ ।

परशुराम नगरपालिकाका स्थानीयका अनुसार भिडियोमा कुटाइ खाने व्यक्ति सोही नगरपालिकाको समैजी आधारभूत विद्यालय कलेनाका शिक्षक मानबहादुर बोहरा हुन् । घटना मंसिर १० गतेतिर भएको र मदिरा सेवन गरेर परस्त्रीको घरमा गएपछि कुटिएको हो । अहिले ती शिक्षक फरार रहेको स्थानीयको भनाई छ ।

परशुराम नगरपालिका-१ का वडाध्यक्ष लालबहादुर धामीले घटना कलेना गाउँको भएको सुन्न आएको बताए । ‘रक्सी खाएर शिक्षकको तीन जना स्थानीयसँग लफडा भएको भन्ने सुन्नमा आएको छ । वडामा खासै जानकारी आएन । मैले पनि चासो राखेन,’ उनले भने, ‘ती शिक्षक उपचारका लागि जिल्ला बाहिर गएको सुनेको छु ।’

तपाईको प्रतिक्रिया