Deneme Bonusu Veren Siteler
सोमबार, साउन ०७, २०८१
Monday, July 22, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतको गायन रियालिटी शो ‘इन्डियन आइडल’मा आफ्नो उम्दा प्रस्तुतीले चर्चामा रहेकी नेपालकी मेनुका पौडेलले भारतको ठूलो फिल्म ‘सलार’मा पार्श्व गायनको अवसर पाएकी छन् । ‘इन्डियन आइडल’मा दिएको प्रस्ततीले नै उनलाई यो अवसर दिलाएको हो । आइतबार राति सोनी टेलिभिजनमा प्रशारित शोमा मेनुका स्वयंले आफूले ‘सलार’मा गीत गाउने अवसर पाएको खुसी साटेकी हुन् ।

आइतबारको एपिसोडमा मेनुकाले स्टुडियो पुगेर गीत गाएको अंश समेत प्रशारण गरिएको थियो । र, उक्त शोको निर्णायकमध्येकी श्रेया घोषालले उठेर बधाई दिएकी थिइन् । अर्का निर्णायक कुमार सानुले ताली बजाउँदै बधाई दिएका थिए । मेनुकाले संगीतकार रवि बसरुरको संगीतमा ‘सलार’को एक गीतमा स्वर दिएकी हुन् । उनको स्वर फिल्मको हिन्दी भर्सनका लागि रेकर्ड गरिएको हो ।

भारतीय फिल्ममा पार्श्व गायनको अवसर पाएपछि मेनुकाले भनेकी छन्, ‘म आज एकदमै उत्साहित छु । किनभने, मलाई फिल्ममा गाउनका लागि अवसर मिलेको छ । यो ‘सलार’ फिल्मको गीत हो । यो मेरो पहिलो टर्निङ पोइन्ट हो ।’ उनी ‘इन्डियन आइडल’को ‘टप १४’मा पुगिसकेकी छन् । उनलाई उपाधिको हकदारको रुपमा हेर्न थालिएको छ । र, उनको गायनको वाहवाही भैरहेको छ ।

मेनुकाले २०७४ सालमा नेपालको गायन रियालिटी शो ‘नेपाल आइडल’मा समेत भाग लिएकी थिइन् । तर, कम भोट पाएपछि उनी शीर्ष ११ बाट बाहिरिएकी थिइन् । झापा बिर्तामोडकी उनले एक दर्जन बढी नेपाली गीत गाइसकेकी छन् भने फिल्म ‘लिलिबिली’को ‘हावा सरी’ गीतबाट पार्श्व गायनमा डेब्यू गरेकी थिइन् । यतिबेला मेनुका दृष्टिविहीनहरुका लागि समेत प्रेरणाको स्रोत बनेकी छन् ।

 

तपाईको प्रतिक्रिया