Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – शिवशिखर वहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय महेन्द्रनगर, त्रिभुवन बस्ती र बेलौरीका वचतकर्ताहरुले जम्मा गरेको वचत रकम फिर्ता माग्दा नपाएको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

शिवशिखर वहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय महेन्द्रनगरका सञ्चालक समिति समेतका पदाधिकारीहरुले हाल सम्म ३१,९७,०३९५५ ( ३१ करोड ९७ लाख तीन हजार ९५५ ) वचत हिनामिना गरी ठगी गरेको आरोप छ ।

हालसम्म ३,६७१ जनाले शिवशिखर वहुउद्देश्यीय सहकारी संस्थाको शाखाविरूद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुर कार्यालयमा जाहेरी पेश गरेकोमा सो जाहेरी दर्ता गरिएको थियो । प्रहरीले अनुसन्धानको क्रममा उक्त सहकारीका पदाधिकारी प्रतिवादी गीता शर्मा, केदार नाथ शर्मा, पुस्कर मल्ल र अमिस राज भण्डारीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएर अनुसन्धान कार्य भई रहेको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया