Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । गजुरेलले २० मंसिरमा राजीनामा दिए पनि अहिलेसम्म स्वीकृत भने भइसकेको छैन ।

राजीनामा दिनुको कारण पछि खुलाला गर्ने उनको प्रतिक्रिया छ । ‘मैले बाध्यताले राजीनामा दिएको होइन । अन्य कारणले राजीनामा दिएको हो । यसबारे अहिले पछि जानकारी गराउँछु’, उनले भने ।

नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेललाई प्रधानमन्त्री प्रचण्डले २०७९ माघ ९ गते प्रमुख राजनीतिक सल्लाहकार बनाएका थिए । गजुरेल २०७८ मंसिर ४ को निर्वाचनमा सिन्धुलीबाट उम्मेदवारको दौडमा थिए । तर त्यहाँ लेखनाथ दाहाल ‘राजन’लाई टिकट दिइएको थियो ।

त्यसपछि उनी असन्तुष्ट थिए । असन्तुष्ट रहेका गजुरेललाई प्रचण्डले सल्लाहकार बनाएको एक वर्ष नपुग्दै राजीनामा दिएका हुन् ।

तपाईको प्रतिक्रिया