Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सुनसरीको रामधुनी नगरपालिका-७ का वडाध्यक्ष केशव गौतम स्थानीय महिलासँग रंगेहात पक्राउ परेका छन् । धरान–१२ चतरालाईनस्थित शुभकामना होटलको कोठाभित्र उनीहरूलाई अर्धनग्न अवस्थामा पक्राउ गरिएको हो ।

वडाध्यक्ष गौतमले महिलालाई लिएर होटल गएको थाहा पाएका श्रीमान् प्रहरी लिएर होटल पुगेका थिए । पक्राउ परेका वडाध्यक्ष गौतमविरुद्ध महिलाका श्रीमान्ले उजुरी दिने तयारी गरिरहेको इप्रका धरानले जनाएको छ । रामधुनी नगरपालिकाका उपमेयर तारा थापाले गौतम पक्राउ परेकोबारे नगरमा जानकारी आएको बताइन् ।

तपाईको प्रतिक्रिया