Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको नाबालिग बलात्कारको मुद्दामा आजपनि सुनुवाइ स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेको एकल इजलासमा परेको मुद्दाको सुनुवाइ सन्दीपका कानुन व्यवसायीको तर्फबाट स्थगित गरेको स्रोतले जनाएको छ । चितवनमा नेपाल बार एसोसिएसनको सम्मेलनका कारण अधिवक्ता उपस्थित हुन नसक्ने भएपछि मुद्दा स्थगित गरिएको हो ।

यसअघि गत कात्तिक २३ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षसँग बहस नोट माग गरेको थियो । दुवै पक्षबाट बहस नोट पेस भएपछि आइतबार सुनुवाइका लागि पेशी तोकिएको थियो ।

 

तपाईको प्रतिक्रिया