Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – नेपाल मगर संघ केन्द्रीय समिति जापानले माघे सङ्क्रान्ति विशेष लाङघाली साँझ २०२४ गर्ने भएको छ । संघले आउँदो जनवरी १३ तारिख शनिबारका दिन राष्ट्रिय पर्व तथा मगरहरुको विशेष चाड माघे सङ्क्रान्तिको उपलक्ष्यमा ‘माघे सङ्क्रान्ति विशेष २६औँ लाङ्घाली साँझ २०२४ गर्न गर्ने भएको हो ।

मगरहरूको राष्ट्रिय पर्वका अवसरमा आयोजना गरिएको कार्यक्रममा विभिन्न कलाकारहरूको प्रस्तुति रहनेछ । साँझ ५ बजेदेखि सुरु हुने लाङ्घाली साँझलाई भव्य रुपमा मनाउन लागिएकोले जापानमा रहेका मगरसहित सम्पूर्ण जापानवासी नेपालीहरूलाई उपस्थितिका लागि संघका महासचिव भिक्टर ठाडा मगरले आग्रह गरेका छन् ।

मगर जातीको संस्कार संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै विदेशमा रहेका नयाँ पुस्तालाई समेत जोडेर परम्पराको पुस्ता हस्तान्तरण गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको संघका अध्यक्ष रामहरि खपांगी मगरले बताए । ‘हामी नेपाली संसारको जुनसुकै कुनामा पुगे पनि जहाँ हामी पुगेका हुन्छौँ, त्यहाँ हाम्रो कला, संस्कृति सबै पुगेको हुन्छ,’ अध्यक्ष खपाङ्गी मगरले भने, ‘हाम्रो संस्कार र संस्कृति आफैमा महान् छन् यी संस्कृति र रीतिरिवाजलाई जीवन्त राख्दै पुस्ता हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो ।’माघे

सङ्क्रान्ति विशेष लाङघाली साँझ टोकियोको Hokutopai 1-11-1 oji kita city(oji station ) को हलमा हुनेछ ।

तपाईको प्रतिक्रिया