Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ । भन्सारबाट बाहिरिइसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो ।

विमानस्थल प्रहरी प्रमुख डिआईजी अर्जुन चन्दले फ्लाइ दुबईको जहाज चढेर काठमाडौं आएका विदेशी नागरिकबाट सुन बरामद भएको जानकारी दिए । पक्राउ परेका व्यक्तिलाई गौशाला प्रहरी वृत्त लगिएको छ । विस्तृत विवरण केही बेरमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

यसअघि दुई दिन अघि मात्रै १४ किलो सुन समातिएको थियो ।

 

तपाईको प्रतिक्रिया