Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा सरकारले एनसेलको अवैध शेयर खरीद बिक्रीमा रोक लगाएपछि एनसेलमार्फत् देशलाई लुट्न सक्रिय गिरोह सरकार र त्यसको नेतृत्वविरुद्ध अनर्गल प्रचारबाजीमा लागेको छ ।

उक्त गिरोहको डिजाइनमा मोटो रकम खर्चेर विभिन्न संचार माध्यममा प्रायोजित सामग्रीसहितका विज्ञापन प्रवाह गराउनुका साथै सामाजिक संजालमार्फत् समेत प्रायोजित सामग्री प्रवाह हुन थालेका छन् । एनसेलमार्फत् कर छली र दुरसंचार फ्रिक्वेन्सी हत्याएर राष्टलाई अरबौ नोक्सान पुर्याउन सक्रिय गिरोह र उक्त गिरोहलाई साथ दिइरहेका केही व्यक्तिले प्रधानमन्त्री र उहाँको सचिवालयमा कार्यरत पदाधिकारी विरुद्ध अत्यन्तै झुठ्ठा र अनर्गल प्रचारवाजी गरिरहेका छन् ।

प्रधानमन्त्री र सचिवालयका कसैको पनि एनसेल र त्यस प्रकरणमा संलग्न कुनै पनि व्यक्तिसँग मिलेमतो त परै जाओस् सामान्य संवादसम्म पनि नभएको प्रधानमन्त्रीको सचिवालयले स्पष्ट पारेको छ । सचिवालयले कुनै तथ्य प्रमाणविना यसप्रकारका झुठ्ठा प्रचार नगर्न सम्वन्धित सबैमा आग्रहसमेत गरेको छ ।

केही दिन अघि सांसदसमेत रहेका एक व्यक्तिले कुनै तथ्य, प्रमाणविना प्रधानमन्त्री र उनकी छोरी एवम् स्वकीय सचिव गंगा दाहालको नाम एनसेल प्रकरणमा मुछेर दुस्प्रचार गरेकोमा पनि सचिवालयले गम्भीर आपत्ति जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री र सचिवालयमाथि लगाइएको उक्त आरोपको पुष्टि गर्न सम्बन्धित व्यक्तिलाई चुनौती दिँदै चरित्रहत्या र गाली बेइज्यति गर्नेहरुविरुद्ध कानूनी उपचार खोजिने बताएका छन् ।

साथै यसै विषयलाई लिएर विभिन्न संचार माध्यम र सामाजिक संजालबाटसमेत अनर्गल प्रचार भइरहेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यसप्रकारका दुस्प्रचारवाट भ्रममा नपर्न सबैमा आग्रह गरेका छन् । कानून विपरीत एनसेलको शेयर खरिद विक्री प्रक्रिया अघि बढाउन सक्रिय गिरोह अहिले आफ्नो कुकृत्य पर्दाफास भएपछि गैरकानूनी कार्य रोक्न सक्रिय सरकारविरुद्ध नै अनर्गल प्रचारबाजीमा उत्रिएको भन्दै आचार्यले सरकारले एनसेलको अबैध कार्य रोक्ने र गैरकाननूनी कार्यमा संलग्नमाथि कडा कानूनी कारवाही गरिने स्पष्ट पारेका छन् ।

तपाईको प्रतिक्रिया