सोमबार, फाल्गुण १४, २०८०
Monday, February 26, 2024

काठमाडौं – पक्राउ पूर्जी जारी भएका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बालुवाटार पुगेका छन् । जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भएको थियो । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका हुन् ।

अदालतले मंसिर १८ गते प्रकाण्डसहितलाई प्रकाउ पूर्जी जारी गरेको थियो । रुाज्यविरुद्धको कसूर भन्दै उनीसहित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाईसमेत पूर्जी जारी गरिएको थियो ।

तपाईको प्रतिक्रिया