Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – परराष्ट्रमन्त्री एनपी साउद कतार प्रस्थान गरेका छन्। दोहा फोरम–२०२३ मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै साउद शनिबार बिहान पौने ८ बजे कतार एयरलाइन्सको जहाजमार्फत् दोहा प्रस्थान गरेका हुन् । दोहा फोरममा विभिन्न देशका नेता तथा सरकारी अधिकारी सहभागी हुँदैछन्। भ्रमणका क्रममा मन्त्री साउदले कतारका समकक्षी तथा उच्च अधिकारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

साथै कतारमा उनले विदेश राज्यमन्त्री सुल्तान बिन साद अलसँग विपिनका बारेमा कुराकानी गर्ने कार्यतालिका तय भएको छ। मन्त्री साउदले यसअघि मंसिर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । उनले शुक्रवारमात्रै विपिनको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा वेपत्ता व्यक्तिहरुका विषयमा हेर्ने संयोजक गल हर्चसँग कुराकानी गरेका थिए ।

 

तपाईको प्रतिक्रिया