Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय कास्कीले ठगीसम्बन्धी मुद्दामा वडा सदस्यसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ६ का वडा सदस्य ४२ वर्षका दीपेन्द्र पहारीसहित पाँच जना रहेका छन् । यसैगरी पोखरा ६ बैदामका ४१ वर्षका विकास पहारी, लेकसाइडका २२ वर्षका प्रवीन विश्वकर्मा र २४ वर्षका अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बराललाई पनि सोही मुद्धामा प्रहरीले पक्राउ गरेको हो ।

कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी श्रवणकुमार विकका अनुसार फेवाताल आसपासमा फोटोग्राफी गर्ने व्यक्तिहरुलाई विभिन्न किसिमबाट धम्काई रकम अशुल्ने गरेका थिए । उनीहरुले फोटोग्राफी गर्ने १५ जनाबाट हरेक महिना जनही १३ हजार ५०० रुपैयाँ अशुल गर्दै आएको खुलेको छ ।पीडित व्यक्तिहरुको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट गरिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको डिएसपी विकले जानकारी दिए ।

पक्राउ परेकाहरु विरुद्ध जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी मुद्धामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद लिएर थप अनुसन्धान प्रक्रिया अअघि बढाइएको प्रहरी जनाएको छ ।

तपाईको प्रतिक्रिया