Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – त्रिभुवन विमानस्थलबाट बरामद १४ किलो सुन २४ क्यारेटको रहेको पुष्टि भएको छ । भन्सार विभागको प्रयोग शालाले परीक्षणपछि उक्त सुन २४ क्यारेटकै भएको पुष्टि गरेको हो ।

भन्सार कार्यालय र विमानस्थल प्रहरीले १४ किलो सुनसहित एकजनालाई बिहीबार राति विमानस्थलबाट पक्राउ गरेको थियो । पछि अर्का व्यक्ति पनि पक्राउ परेका छन् ।

बिहीबार राति ११ः५६ बजे फ्लाइ दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट आएका चन्द्र घलेको साथबाट सुन बरामद भएको थियो । चन्द्र घलेको साथबाट बरामद भएको सुन गोरखाका मीनबहादुर घलेको भएको बताएपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया