Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – अध्ययनको सिलसिलामा जापान पुगेका बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर २ पेरहनी गाउँका २१ वर्षीय निरज चौधरीलाई मस्तिष्क घात भएको छ । गएको कात्तिक १ गते जापान आएका चौधरी १८ औँ दिनमा अध्ययनरत कलेज जापानको होस्टेलमा सुतिरहेको अवस्थामा मस्तिष्क रक्तस्राव भै अचेत अवस्थामा फेला परेको हुन् ।

अहिले उनको जापानमै उपचार भइरहेको छ । निरज अध्ययनरत कलेजमा अध्यापन गराउने शिक्षक नारायणप्रसाद बास्तोलाले अस्पतालमा भर्ना गराइ आईसीयूमा उपचार गराइरहेको बताए । उनी बेहोस अवस्थाबाट होसमा आएको र उपचारको क्रममा सिकलसेल रोगसमेत देखिएको छ । यी सबै रोगको उपचार सम्भव रहेको तर खर्च धेरै लाग्ने अस्पतालले जनाएको छ ।

उजको जापानको साइटामा मेडिकल युनिर्भसिटी जनरल मेडिकल सेन्टरमा मस्तिष्क रक्तस्रावको उपचार भइरहेको तथा पारिवारिक स्थिति एकदमै कमजोर रहेकाले सम्पूर्ण मनकारी भावना भएका व्यक्तिहरुलाई आर्थिक सहयोगका लागि अनुरोध गर्दै ठाकुरबाबा नगरपालिका वडा नम्बर २ को कार्यालयले सिफारिस गरेको छ । जापानमा बिरामी भएका छोराको उपचारका लागि आवश्यक पहल तथा समन्वय गरिदिन जिल्ला प्रशासन कार्यालय बर्दियामा पनि लिखित निवेदन दिएको निरजका बुवा जीतबहादुर थारुले बताए ।

नेपालबाट निरजको उपचारमा खर्च रकम जोहो गर्न र उपचार गर्नसमेत कठिनाइ हुनुका साथै स्वास्थ्य उपचारका लागि आवश्यक समन्वय गर्न कठिनाइ भएकाले ठाकुरबाबा नगरपालिका–२ पेरहनी गाउँका जीतबहादुर थारुले आफ्नो छोराको आवश्यक उपचार सरकारका तर्फबाट जापानमै गरिदिनका लागि परराष्ट्र मन्त्रालय मार्फत जापानस्थित नेपाली राजदूतावास, एनआरएन र अन्य संघसंस्था लगायत सम्बन्धित सरोकारवाला निकायहरुमा सहयोग गरिदिन अनुरोध गरेका हुन् ।

अध्ययनका सिसिलामा जापान गएर बिरामी पर्नुभएका बर्दिया ठाकुरबाबा नगरपालिका-२ पेरहनी गाउँका जीतबहादुर थारुका छोरा निरज चौधरीको उपचारमा सहयोग गर्न सहयोगी हातहरुले बुवा जितबहादुर चौधरीको मोवाइल नम्बर ९८६९५१९१३१ अथवा ९८४८१२७७९४ मा सम्पर्क गरी ग्लोबल आई एम ई बैंक खाता नम्बर : क्यु ९०७०१०००१३३४ जम्मा गर्न परिवारको आग्रह छ ।

तपाईको प्रतिक्रिया