Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – अमेरिकामा तीन लाखको रोजगारीमा लगाई दिने लोभ देखाएर एक व्यक्तिले पाँच जनाबाट ६५ लाख ठगी गरेका छन् । कैलालीको टीकापुर घर भई काठमाडौँको कोटेश्वर बस्ने २८ वर्षका रमेश न्यौपानेले गणेश अधिकारीलगायत पाँच जनाको यसरी पैसा कुम्याएर भागेका खुलेको हो ।

पैसा लिएर न्यौपाने सम्पर्कविहीन भएपछि पीडितले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने र त्यसबापत प्रतिव्यक्ति ४५ लाख लाग्ने बताएर उनले रकम लिएका अनुसन्धानमा खुलेको छ ।

कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार विभिन्न लोभ देखाएर उनले पीडितबाट पटक पटक गरी ६५ लाख ४५ हजार लिएका थिए । त्यसपछि परेको जाहेरीका आधारमा प्रहरीले उनलाई काठमाडौँको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग काठमाडौँ पठाइएको रेग्मीले बताए ।

तपाईको प्रतिक्रिया